टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टेलिकम प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको हो ।
यसअघि पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए ।
नेपाल टेलिकमको प्रवन्ध निर्देशक पदका लागि ९ जनाले आवेदन दिएका थिए । संगिता पहाडी, बुद्धि आचार्य र सुनिल पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । तर पौडेललाई एमडीमा नियुक्त गरिएको हो ।