लघुवित्तविरुद्ध देशैभर आन्दोलन चर्काउने चेतावनी, ‘आन्दोलनको धम्की ऋण नतिर्ने बहानाबाजी’ « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

लघुवित्तविरुद्ध देशैभर आन्दोलन चर्काउने चेतावनी, ‘आन्दोलनको धम्की ऋण नतिर्ने बहानाबाजी’



काठमाण्डौं । पछिल्लो समय लघुवित्त र ऋणीहरुबीच ऋण तिर्ने र नतिर्ने सवालमा घम्साघम्सी परिरहेको छ । कर्जा लगानीको नाममा लघुवित्तहरूले गाउँगाउँमा सोझा किसानहरुलाई ऋणमा फसाएको र मोटो ब्याज असुल गरेको नाममा लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नामक संगठन नै बनाएर ऋणीहरूले आन्दोलन गरिरहेका छन् ।

लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपालका अध्यक्ष मनिराज ज्ञवालीले लघुवित्तविरुद्धको आन्दोलनलाई थप सशक्त बनाइ देशैंभरि पु¥याउने उद्घोष गरेका छन् । यता लघुवित्तहरूले नियम संगत रुपमा नियामक राष्ट्र बैंकले तोकेको नियम नीतिमा रहेर कर्जा लगानी गरेको र ऋणीहरुलाई कुनै अप्ठ्यारो नपार्दा पनि ऋण नतिर्ने बरु आन्दोलनबाट टार्ने नीउ गरेको बताइरहेको छ ।

अर्थपथसँग कुरा गर्दै नेपाल लघुवित्त वित्तीय संस्था संघका अध्यक्ष प्रकाशराज शर्माले आन्दोलनका नाममा केही गलत मनसाय बोकेकाहरुले ऋण नतिर्ने प्रपञ्च रहेको बताए ।

वित्त कम्पनीहरुको एनपीएल दर साढे ५ प्रतिशतमाथि
केन्द्रीय बैंकका अनुसार अझ बढी खराब कर्जाको दर ग र घ वर्गका वित्त कम्पनीहरुमा झागिँदो छ । आर्थिक वर्षको छ महिनाको रिपोर्ट हेर्दा फाइनान्स तथा लघुवित्त कम्पनीहरुबाट ऋण लिने ऋणीहरूले ऋण नतिरिदिँदा यी कम्पनीको एनपीएल दर ५.७९ प्रतिशतमाथि पुगेको छ ।

अघिल्लो वर्षसम्म यस्ता कम्पनीको एनपीएल दर ४ प्रतिशत हाराहारी मात्र रहेको थियो । पुस मसान्तसम्म करिब साढे ५ खर्ब रुपैयाँ बराबरको कर्जा लागि गरेका वित्त कम्पनीहरूले ३० अर्ब रुपैयाँ माथिको कर्जा खराब कर्जामा फसाएका छन् ।


प्रतिक्रिया दिनुहोस्