एफएनसीसीआई चुनावः ढकाल र संघईको गठजोड भएकै हो ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

एफएनसीसीआई चुनावः ढकाल र संघईको गठजोड भएकै हो ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्व अब व्यापारीको हातबाट बैंक संचालकको हातमा पुग्न लागेको छ । हाल चलिरहेको निर्वाचन परिणाम आउने वित्तिकै हाल बरिष्ठ उपाध्पाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल अध्यक्ष बन्ने निश्चित छ ।

ढकाल ग्लोवल आइएमई बैंकको अध्यक्ष हुन् । अहिले बैंकरविरुद्ध देशव्यापी आन्दोलन लिरहेको अवस्थामा अर्का बरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र सघंईले आफुपनि बैंकको प्रतिनिधि भएकाले ढकालले सघाउनुपर्ने प्रस्ताव राखे ।

वित्तिय क्षेत्र बलियो बन्न भावी नेतृत्वमा आफुलाई सघाउन संघईले राखेको प्रस्तावमा ढकाल सकारात्मक बनेको बुझिएको छ । ‘अहिले वित्तिय क्षेत्रमाथी चौतर्फी आक्रमण सुरु भएको छ, यसलाई मिलेर रोक्न पनि अर्को बैंककै प्रतिनिधि आउनुपर्छ तवन तपाँइको कार्यकाल सफल हुन्छ’ संघई निकट एक व्यापारीले अर्थपथसंग भने ।

महासंघको विधान अनुसार अहिले निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष नै अगामी कार्यकालमा स्वतः अध्यक्ष हुने छ । सो व्यवस्थाले वर्तमान बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महांघको स्वत अध्यक्ष बन्दैछन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष जित्नु भनेको भावी अध्यक्ष बन्नु हो । यही कारण महासंघमा बरिष्ठ उपाध्यक्षकै नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने गरेको छ । अघिल्ला चुनावमा जस्तै पूर्व अध्यक्षहरू पनि विभिन्न उम्मेदवारको सहयोगमा उत्रिएका छन् । महासंघको आगामी नेतृत्व लिन अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले प्यानल नै बनाएर वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिई चुनावी मैदानमा उत्रिएका छन् ।

यतिबेला उम्मेदवारहरु आफ्नो पक्षमा मतदाता तान्न हदसम्भव प्रयास गरिरहेका छन् । विभिन्न राजनीतिक दलका नेताले समेत पकेटका उम्मेदवार जिताउन दबाब समेत दिईरहेका छन् । उद्योगी व्यवसायीलाई भन्दा राजनीति नेतृत्वलाई बढी चुनाव लागेको पाइएको छ ।

आज साँझ ५ बजेसम्म जारी हुने मतदान हुने छ । निर्वाचन बन्द हुने समय नजिक नजिक आउन थालेपछि उम्मेदवारहरुले मतदाता खोस्न लागि परेका छन् । यतिबेला राजनीति दबाब संगै मतदाता आफ्नो पक्षमा पार्न नगद प्रवाहको चलखेल समेत भईरहेको बताइन्छ ।

उम्मदेवारले राजनीति दबाबसहित मतदाताका प्रभावित बनाउन ठुलो मात्रामा आर्थिक चलखेल भएको स्रोतको दावी छ । स्रोतले भन्यो,– ‘केहीदिन यता महासंघको चुनावी रौनक खासै थिएन, लास्ट आवरमा आएर अर्को खेल सुरु भएको छ। उम्मेदवारहरुले मतदाता प्रभावित बनाउन आर्थिक खेल सुरु भएको छ । राजनीति दबाब र पैसाले भोट किन्ने खालको गतिविधि भईरहेको छ ।’

वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले पनि राजनीतिक नेतृत्वलाई दबाब दिईरहेका छन् । उनीहरुले आफ्नो पक्षमा मतदान गराउन राजनीतिक नेृत्वलाई प्रेसर दिएको हुन् । खासगरि जिल्ला/नगरका उद्योग वाणिज्य संघका अध्यक्षहरु पार्टीगत रूपमा आउने र्गछन् । यसले राजनीतिक दबाबको ठूलो अर्थ राख्छ । महासघंमा सबैभन्दा ठुलो मत भार जिल्ला–नगर उद्योग वाणिज्य संघ छ । यतिबेला आफ्नो पक्षमा भोट कसले खोस्ने भन्नेमा अहिले हानथाप भईरहेको छ । यसका लागि राजनीतिक दबाबदेखि नगद प्रवाहका गतिविधि समेत भईरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्