विद्यार्थीहरुसंग माछापुच्छ्रे बैंक, प्याव्सनको सहकार्यमा बैंकले वित्तीय र डिजीटल साक्षरता कार्यक्रम गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ । बैंकले आम जनमानसमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्याब्सन संगको सहकार्यमा देशव्यापीरुपमा वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सोमबार उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्याब्सनका तर्फबाट अध्यक्ष डिके ढुङगानाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामुलुक कार्यक्रमहरु देशव्यापीरुपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफुसग आवद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ ।
प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतना कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष ढुङ्गानाले बैंकलाई गाउँको कुना काप्चासम्म पुराउन सो सम्झौता निकै ठूलो भुमिका खेल्ने बताए ।
उनले भने, ’अहिले विद्यार्थीलाई बैंकमा गएपछि पैसा जम्मा गर्न समेत आउँदैन । उनीहरुको अभिभावकलाई समेत आउँदैन । अझ अहिले डिजिटल कारोबार बढेसँगै यसले अपराध समेत जन्माएको छ । जस्ता समस्या समाधानका लागि यो सम्झौताले ठूलो भुमिका खेल्छ ।’

अहिले बजारका डिजिटल कारोबार बढ्दा जाँदा यसले उत्पन्न जोखिम नियन्त्रण गर्ने उक्त सहकार्य निकै सफतामुखी हुने बैंकको प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए । उनले भने, “हाम्रो १६५ शाखा रहेका छन् । सबैं शाखा मार्फत प्याब्सनको सहकार्यमा हामीले विद्यार्थी माझ वित्तीय र डिजिटल साक्षरता कार्यक्रम गछौं ।” बैंकले एकैदिन ९० विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको हुदाँ अझ प्याब्सनको सहयोगले यसलाई वृहत रुपमा अगाडि बढाउने दाबी कोइरालाले गरे ।

त्यसैगरि उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष एंव गैरआवासिय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासंग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।
