अब एनएमबि बैंकले बिना धितो किसानलाई २ लाख रुपैयाँ ऋण दिने « Arthapath.com
१५ असार २०८२, आईतबार

अब एनएमबि बैंकले बिना धितो किसानलाई २ लाख रुपैयाँ ऋण दिने



काठमाडौं । एनएमबि बैंकले बिना धितो किसानलाई कर्जा दिने भएको छ । बैंकले एनएमबि खेती कर्जा अन्तर्गत दुई लाख सम्मको कर्जा दिने भएको हो ।

उक्त कार्यका लागि एनएमबि बैंक र खेती एपबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र खेति एपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तुल्छि गिरिले हस्ताक्षर गरेका हुन् ।

अब किसानलाई ऋण लिन सहज हुने बैकको विश्वास छ । किसानले न्यूनतम ३ महिनाका लागि कर्जा पाउने छन् भने अधिकतम सीमा २४ महिना रहने बैंकले जनाएको छ । बैंकबाट किसानले १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।

कर्जा लिन किसानको खाता एनएमबी बैंक र खेती एप दुबैमा हुनुपर्ने जनाइएको छ । अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । कृषिलाइ प्रविधि जोड्न, कर्जा छिटो छरितो पाउन र समान बिक्री वितरण किन्न सहज हुने बैंकले जनाएको छ ।

के के छन् अन्य सूविधा

कर्जा मार्फत किसानहरुले खेति एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्छनेछन् । वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको छ ।

किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दिमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झंझट ब्यहोर्नुपर्ने हुंदैन । यो कर्जा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारीत कर्जा भएकाले किसानहरुले खेतिसँग पहिला गरेको कारोवारको मूल्याङकन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सक्नेछन् ।

यस एनएमबि खेति कर्जा प्राप्त गर्नको लागि ग्राहकहरुले एनएमबि बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेति एप अनिवार्य डाउनलोड गरि एपमा भएका फिचरहरुको प्रयोग गरेर ग्राहक पहिचान बिवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोवार खेति एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरु जस्ता खेतिका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्