नेप्सेमा एक कम्पनीको ३७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको ८ प्रतिशत बोनस बापतको ३७ लाख १२ हजार ३४५.५० कित्ता सेयर सूचीकृत भएको हो । अब उक्त बोनस सेयरधनीहरुको डिम्याट खातामा जम्मा भइ पश्चात मात्र खरिदबिक्री गर्ने सकिनेछ ।