गाडी किन्दै हुनुहुन्छ ? ग्लोबल आइएमई बैंकबाट ३ दिनमै पाइन्छ सहुलियत ब्याजदरमा ऋण « Arthapath.com
२५ असार २०८२, बुधबार

गाडी किन्दै हुनुहुन्छ ? ग्लोबल आइएमई बैंकबाट ३ दिनमै पाइन्छ सहुलियत ब्याजदरमा ऋण



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार बैंकले, भि जि इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र बैंकले नियमानुसार उचित ठह¥याएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि. का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका हुन् । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले बिभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्