प्राइम कमर्सियल बैंकका सम्पूर्ण ग्राहकहरुका खाता नम्बर परिवर्तन हुने « Arthapath.com
२५ असार २०८२, बुधबार

प्राइम कमर्सियल बैंकका सम्पूर्ण ग्राहकहरुका खाता नम्बर परिवर्तन हुने



काठमाडौं । प्राइम कमर्सियल बैंकका सम्पूर्ण ग्राहकहरुका खाता नम्बर परिवर्तन हुने भएको छ । बैंकले भदौ २३ गते देखि १० अंक÷अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने जनाएको हो ।

नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिनेछ छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने जनाएको छ ।

साथै, स्टक ब्रोकर तथा डिम्याट अकाउन्टमा ग्राहक आफैले नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन बैंकले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्