गरिमा विकास बैंकले हरितालिका तीज विशेष गीत सार्वजनिक, टिकटक बनाउदा आकर्षक पुरस्कार « Arthapath.com
२५ भाद्र २०८०, सोमबार

गरिमा विकास बैंकले हरितालिका तीज विशेष गीत सार्वजनिक, टिकटक बनाउदा आकर्षक पुरस्कार



काठमाडौं । लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ ।

साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको छ । बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई ३० हजार द्धितियलाई २० हजार तृतियलाई १० हजार र बाँकि ७ वटा भिडियोलाई जनही ५हजार सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।

यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्