राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २५ लाख इकाई ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्नछ । कुल २५ लाखमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।
७ वर्ष अवधि भएको ‘१०.५ प्रतिशत आएबीबीएल डिबेन्चर २०८६’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५ प्रतिशत ब्याजदर तोकिएको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।