एनआइसी एशिया बैंकले गर्यो लाभांश घोषणा, बोनस २९ प्रतिशत, नगद कति ?

कामठाडौं । एनआइसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको भदौ २८ गते बसेको संचालक समितिको बैठकले मुनाफाको २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।