राष्ट्र बैंकका कार्यकारी निर्देशक र बैंकर्स संघबीच बुधवार मैत्रीपूर्ण फुटसल हुँदै « Arthapath.com
२ आश्विन २०८०, मंगलवार

राष्ट्र बैंकका कार्यकारी निर्देशक र बैंकर्स संघबीच बुधवार मैत्रीपूर्ण फुटसल हुँदै



काठमाडौं । बुधवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु र नेपाल बैंकर्स संघबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।

राष्ट्र बैंकको आयोजनामा असोज ३ गते बिहान सात बजे काठमाडौंको धनन्त्तरी हाँडीगाउँमा मैत्रीपूर्ण फुटसल हुने भएको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक र वाणिज्य बैंकहरुका प्रमुख कार्यकारीबीच उक्त फुटसल हुन लागेको हो । राष्ट्र बैंक र बैंकहरुको आत्मीयता बढाउनका लागि सो खेलको आयोजना गरिएको बताइएको छ ।

राष्ट्र बैंकले समय समयमा सम्वन्ध विस्तार र थप आत्मीयता बढाउन यस्ता प्रतियोगिताको आयोजना गर्दै आएको छ । भोलि विहान खेल सपन्न हुने र दिउँसो ३ बजे पुरस्कार वितरण कार्यक्रम राखिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्