करदाता सेवा कार्यालय गल्छीले दियो आर्थिक प्रशासन प्रमुखलाई टिडीएस र इटिडीएस प्रविष्टि तालिम

काठमाडौं । करदाता सेवा कार्यालय गल्छीले एक दिने टिडीएस तथा इटिडीएस प्रविष्टि सम्वन्धी तालिम तथा अन्तरक्रिया गरेको छ । धादिङ जिल्लका संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखहरुबीच शुक्रबार उक्त तालिम तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) धादिङको प्रमुख रेशम कुमार खत्रीले कर संकलन कार्यलाई थप प्रभावकारी रुपमा संचालन गर्ने बताए । उनले आगामी दिनमा करदाता सेवा कार्यालयले कर संकलनमा अझ बढी क्रियाशिल हुने अपेक्षा रहेको बताए उनले कर कार्यालय गल्छी र धादिङ कोलेनिका बिच वित्तीय सुशासन कायम गर्न सहकार्य हुने अपेक्षा व्यक्त गरे ।
सोही अवसरमा कर अधिकृत शिखा वाग्लेले टिडीएस र इटीडीएसको प्रविष्टि तालिम तथा अन्तरक्रियाले आगामी दिन कर छलि नियन्त्रण थप टेवा पुग्ने बताएकी थिइन । सम्पुर्ण सरकारी निकायका अग्रिम कर प्रविष्टिमा हुनसक्ने त्रुटी न्युनिकरण तथा कर कानुनको पालना, कर्मचारीमा कर सम्वन्धी सचेतनामा हरेक सरकारी निकाय र सोका आर्थिक शाखाको भुमिका सहयोगी हुने बताइन् । तालिमले आगामी दिनमा अपेक्षित कर संकलन, कर छलि नियन्त्रणमा सहयोगी हुने उनको भनाई थियो ।
करिब सरकारी कार्यालयका ३५ जना आर्थिक शाखा प्रमुखहरुको सहभागित रहेको थियो । तालिम कार्यक्रमा प्रशिक्षक हरि कुमार श्रेष्ठले करको कानुनी व्यवस्था र टीडीएस र इटिडीएस प्रक्रियाबारे प्रस्तुती दिएका थिए । तालिमा उठेको विषय र सम्वन्धित सवालहरुको विषयमा प्रशिक्षक श्रेष्ठ तथा कार्यलय प्रमुख वाग्लेले सहजीकरण गर्नुभएको थियो ।
साथै कर कार्यालय गल्छीले आगामी दिनमा विभिन्न सरोकारवाला निकाय, व्यवसायी, कर प्रदायक , सार्वजनिक निकाय र नागरिकसगं नियमित रुपमा कर शिक्षा कार्यक्रम संचालन गर्ने बताइएको छ ।