‘विश्व लगानीकर्ता सप्ताह २०२३’ मनाउँदै धितोपत्र बोर्ड « Arthapath.com
१४ आश्विन २०८०, आईतवार

‘विश्व लगानीकर्ता सप्ताह २०२३’ मनाउँदै धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले देशव्यापी रुपमा विश्व लगानीकर्ता सप्ताह मनाउने भएको छ ।

असोज १५ गतेदेखि २१ गतेसमम साताव्यापी विविध कार्यक्रमहरु आयोजना गरि बोर्डले विश्व लगानीकर्ता सप्ताह मनाउने भएको छ । यसका लागि अन्तिम तयारी पुरा गरेको बोर्डका प्रवक्त मुक्ति श्रेष्ठले बताए ।

बोर्डले धितोपत्र बजार सम्वन्धी सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गर्दै बजार सम्वन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नेका लागि यो सप्ताह महत्वूर्ण रहेको प्रवक्ता श्रेष्ठले बताए ।

विश्वमा यो कार्यक्रम १०० भन्दा बढी देशमा अक्टोबर २ देखि ८सम्म सप्ताहव्यापी रुपमा मनाईने गरिन्छ । लगानीकर्ता लचिलोपन, धितोपत्र उपकरण, दिगो वित्त, ठगी तथा घोटला रोकथाम, लगानी, प्रविधिक र डिजीटल फाइनान्स आधारभुत कुरा जस्ता प्रमुख विषयहरुमा केन्द्रित रहेर विश्व लगानीकर्ता सप्ताह मनाईने बोर्डले जनाएको छ ।

बोर्डको अगुवाईमा नेप्से, सिडीएसि, मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ्ग संस्था, स्टक डिलर तथा पिई/भिसी कोष व्यवस्थापक समेतको सहभागिता साताव्यापी रुपमा मनाइउन लागेको हो ।

धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना लगायत बजार विकास तथा सुधारका विविध पक्षका सम्बन्धमा देशव्यापीरुपमा लगानीकर्ताहरुको शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तिकरण गर्ने उद्देश्यले धितोपत्र नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संगठन (आईओएससीओ) ले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउदै आएको छ ।

आईओएससिओको एसोसियट सदस्य नेपाल धितोपत्र बोर्ड (बोर्ड) तथा पुँजीबजार सम्बन्ध अन्य पक्षहरुले पनि निरन्तर रुपमा लगानीकर्ता लक्षित विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्