पुँजी निर्माण र अर्थतन्त्र पुनरुत्थानका लागि नेपाली बैङ्कहरूको कार्य प्रशंसनीय छ: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्र सुरक्षित रहेको बताए । राजधानीमा बिहीबार आयोजित ३९औँ एशियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एन्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले भने,–‘राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्र सङ्कटबाट बचाउन सकिएको हो । सबै खालको सङ्कटहरू समाधान गर्दै आएकाले नेपालको बैङ्किङ क्षेत्र सुरक्षित छन् ।’
अर्थतन्त्रको पुनरुत्थानका लागि नेपाली बैङ्कहरूले प्रशंसनीय कार्य गरेको गभर्नर अधिकारीले बताए । उनले भने,–‘नेपाली अर्थतन्त्र रिकभरीका लागि नेपालका बैङ्कहरूले एकदमै प्रशंसनीय काम गरेका छन् । यसका साथै बैङ्किङ क्षेत्रले पुँजी निर्माणमा पनि उत्तिकै महत्त्वपूर्ण काम गरेका छन् ।’
राष्ट्र बैङ्कको नीतिको कारण अर्थतन्त्रमा लयमा फर्काउन सकिएको उनले दाबी गरे । ‘वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैङ्कको सहकार्यमा कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र रिकभर गर्न सफल भएको छ । हामीले अवलम्बन गरेको नीतिले नै अर्थतन्त्र लयमा फकिँदै छ’–उनले भने ।