अध्यक्षले ‘काम गर्न नदिएको’ भन्दै शेखरले दिए राजिनामा, सरकारी बीमा कम्पनी नेतृत्व बिहिन « Arthapath.com
१२ मंसिर २०८०, मंगलवार

अध्यक्षले ‘काम गर्न नदिएको’ भन्दै शेखरले दिए राजिनामा, सरकारी बीमा कम्पनी नेतृत्व बिहिन



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले पदबाट राजिनामा दिएका छन् । सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले अत्यन्त कम समयमै पद छाडेका हुन् । कम्पनीको अध्यक्ष दिनेश उपाध्यायले ‘काम गर्न नदिएको’ भन्दै राजिनामा दिएको बराललाई उद्र्धृत गर्दै कम्पनी स्रोतले जनाएको छ ।

उनी २०७९ भदौ २३ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । सरकारी स्वामित्वको यस कम्पनीमा खुला प्रतिस्पर्धाबाट सीईओ बनेका बराल सूर्या लाइफ, लुम्बिनी जनरल र युनाइटेड इन्स्योरेन्सको लामो अनुभव बोकेर त्यहाँ पुगेका थिए ।

उनले ४ वर्षे कार्यकालका लागि नियुक्ति पाएका थिए । तर १५ महिना नपुग्दै जागिर छाडेका छन् । उनले मंगलबार नै सञ्चालक समिति अध्यक्ष उपाध्यायलाई राजिनामा बुझाएका छन् ।


प्रतिक्रिया दिनुहोस्