सिन्धु विकास बैंकको डेपुटी सीईओमा गणेश केसी नियुक्त « Arthapath.com
२६ मंसिर २०८०, मंगलवार

सिन्धु विकास बैंकको डेपुटी सीईओमा गणेश केसी नियुक्त



काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसेमा मुख्यालय रहेको सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गणेश केसी नियुक्त भएका छन् ।

पुस १ गतेदेखि लागू हुने गरी नियुक्त भएका केसीलाई बैंकको सञ्चालक समितिले मंगलबार नै स्वागत गरिसकेको छ । बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहितको टोलीले स्वागत गरेको हो ।

बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका केसीले कुमारी बैंकमा काम गरेका थिए । उनी यसअघि धनगढीमा मुख्यलाय रहेको तत्कालिन मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् ।

केसी चार्टर्ड एकाउण्टेन्ट हुन् ।


प्रतिक्रिया दिनुहोस्