नेपालको व्यापार प्रवर्द्धनका लागि रुसले सहयोग गर्ने  « Arthapath.com
२४ असार २०८२, मंगलबार

नेपालको व्यापार प्रवर्द्धनका लागि रुसले सहयोग गर्ने 



काठमाडौं । नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ । नेपाल–रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबिचको छलफलमा नेपालको व्यापार प्रवर्धनका लागि रुसले सहयोग गर्ने भएको हो।

नेपाल–रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो।

छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए।

छलफलमा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, ऊर्जा र व्यापारमा ठुलो सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरेका थिए। उनले नेपालमा ऊर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए।

नेपाल र रुसबिच पुरानो सम्बन्ध छ। नेपालको प्रविधि क्षेत्रमा समेत लगानी गर्नुपर्ने भन्दै उनले व्यापार प्रवर्धनमा सहयोगका लागि आग्रह गरे। छलफलमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसमेत उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस्