राष्ट्र बैंकमा तीन दशक बिताएका कार्की बने नागरिक लगानी कोषको कार्यकारी निर्देशक « Arthapath.com
३ माघ २०८०, बुधबार

राष्ट्र बैंकमा तीन दशक बिताएका कार्की बने नागरिक लगानी कोषको कार्यकारी निर्देशक



काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषको कार्यकारी निर्देशक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयको प्रस्तावमा कार्कीलाई कार्यकारी निर्देशक पदमा नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । कार्कीले नेपाल राष्ट्र बैंकमा तीन दशक बिताएका छन् । उनी राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् ।

उनी यसअघि ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि बनेका थिए । उनले त्रिभुवन विश्वविद्यालय नेपाल र अष्ट्रलियाको ग्रिफिट युनिभर्सिटिबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

कोषको कार्यकारी निर्देशकको लागि ५ जनाको नाम सर्ट लिस्ट गरिएको थियो । पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ सर्ट लिस्टमा थिए ।


प्रतिक्रिया दिनुहोस्