मञ्जुश्री फाइनान्सको सिइओ बने तिमिल्सिना
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तेज राज तिमिल्सनालाई नियुक्ति गरिएको छ ।
गत शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले तिमिल्सिनालाई सिईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी माघ ५ गतेदेखि नै लागू हुने आगामी चार वर्षका लागि सिइओ बनेका हुन् । यसअघि उनले कार्यवहाक सिइओको जिम्मेवारीमा थिए ।