२० करोडको आइपीओ निष्कासन गर्दै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट « Arthapath.com
२९ माघ २०८०, सोमबार

२० करोडको आइपीओ निष्कासन गर्दै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट



काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले सो बराबरको आइपीओ निष्कासनका लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो प्रयोजनका लागि आइतबार सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत २ अर्ब २० करोड रहने छ । आयोजनाको लागि आवश्यक ऋण १ अर्ब ३५ करोड नेपाल एसबिआई बैंको एकल लगानीबाट सम्पन्न भएको छ ।

कम्पनीमा अपि पावर कम्पनीकोे बहुमत सेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाडांै सवस्टेशनमा ल्याइनेछ । यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत उत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पुर्‍याएको छ ।


प्रतिक्रिया दिनुहोस्