संस्थागत परामर्श सेवाका लागि ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच सम्झौता « Arthapath.com
१ फाल्गुन २०८०, मंगलवार

संस्थागत परामर्श सेवाका लागि ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच सम्झौता



काठमाडौं । ज्योति क्यापिटल र नगरकोाट रिसोर्ट लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्वन्धी सम्झौता भएको छ ।

संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए वमोजिमका कार्य गर्न सक्ने वनाउन क्यापिटल र रिसोर्ट बीच दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

नगरकोट रिसोर्ट लिमिटेडको कार्यालय काभ्रेपलान्चोक जिल्ला, मण्डनदेउपूर नगरपालिका, नगरकोटमा, आयोजित एक समारोहबीच ज्योति क्यापिटल प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र नगरकोट रिसोर्टका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा नगरकोट रिसोर्ट लिमिटेडका संचालक निरज बहादुर राउत क्षेत्री तथा वित्तीय परामर्शदाता सिए गोविन्द शर्मा गैरे समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्