मञ्जुश्री फाइनान्सको डेपुटी सिइओ बने ठकुल्ला

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले डेपुटी सिइओमा पदम ठकुल्लालाई नियुक्त गरेको हो ।
कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले उनलाई सो पदमा नियुक्ति गरेको हो । उनको कार्यकाल फागुन ६ गतेदेखि नै लागू हुनेछ ।