सपोर्ट लघुवित्तको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गोविन्द लाल कर्णलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
बैठकले सर्लाहीको लालबन्दी नगरपालिका–३ भई हाल विराटनगर महानगरपालिका–१२ मोरङमा बस्दै आएका कर्ण कम्पनीको स्वतन्त्र संचालनक बनेका हुन् ।