राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त दुई संचालकले लिए पद तथा गोपनियताको शपथ « Arthapath.com
११ फाल्गुन २०८०, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त दुई संचालकले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका दुई सदस्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्रा.डा. रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्