प्रभु महालक्ष्मी लाइफको सिइओ बने प्रसाई « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

प्रभु महालक्ष्मी लाइफको सिइओ बने प्रसाई



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्ति भएका छन् । शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले प्रसाईलाई सिईओ बनाउने निर्णय गरेको हो ।

प्रसाई आगामी चार वर्षका लागि सिइओमा नियुक्ति भएका हुन् । साविकको प्रभु लाइफको सिइओ समेत बनिसकेका प्रसाई प्रभु महालक्ष्मीमा भने बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । प्रभु महालक्ष्मी साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो ।

प्रसाई साविकको प्रभु लाइफको पनि सिइओ हुन् । उनीले नेपाल लाइफको सिईओको भुमिकामा पनि काम गरिसकेका छन् ।उनी बीमा क्षेत्रमा निकै अनुभवी र परिचित छन् ।


प्रतिक्रिया दिनुहोस्