ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गौतम र वशिष्ठ नियुक्त

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको स्वतन्त्र संचालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठ नियुक्ति भएका छन् ।
वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले गौतम र बशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
नव नियुक्त स्वतन्त्र सञ्चालकद्धय गौतम र वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराएका छन् ।
लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमता भएका नवनियुक्त दुई संचालकले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्ने कम्पनीको विश्वास छ ।