राष्ट्रिय बीमा कम्पनीको सिइओ बने श्रेष्ठ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो ।
कम्पनीले गत माघ २४ गते सिइओको लागि दरखास्त आव्हान गरेको थियो । सिइअो बन्नका लागि ९ जनाले आवेदन दिएका थिए । पहिलो चरणबाट पाँच जना बाहिरिएका थिए भने ४ जना सर्टलिस्टमा परेका थिए ।
सर्टलिस्टमा परेका ४ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने संचालक समितिले निर्णय गरेको हो । नवनियुक्त श्रेष्ठ खाद्य तथा व्यापार कम्पनीका पूर्व प्रमुख पनि हुन् ।