गोर्खाज फाइनान्सका नयाँ अध्यक्षमा बुढाथोकि चयन « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

गोर्खाज फाइनान्सका नयाँ अध्यक्षमा बुढाथोकि चयन



काठमाडौं । गोर्खाज फाइनान्सको नयाँ अध्यक्षमा गौरव बुढाथोकि सर्वसम्मत चयन भएका छन् । उनी आजैदेखि (बैशाख १६ गते) लागू हुनेगरि कम्पनी संचालक समितिको अध्यक्षमा चयन भएका हुन् ।

यसअघिका अध्यक्ष डेकिन्द्र कुमार राइले आफ्ना् व्यक्तिगत कार्यव्यस्तताका कारण पदबाट राजिनामा दिएका थिए । उनले संचालक सदस्य मात्र रहने गरि राजिनामा दिएका हुन् । उनको राजिनामा बैशाख १५ गते बसेको संचालक समितिको बैठकले स्वीकृति गरेको छ ।


प्रतिक्रिया दिनुहोस्