नेशनल लघुवित्तको अध्यक्षमा आचार्य, संचालकमा को-को आए ?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थामा नयाँ नेतृत्व चयन भएको छ । कम्पनी संचालक समितिको अध्यक्षमा केशवप्रसाद आचार्य नियुक्त भएका छन् ।
यस्तै, संचालकमा रविन सिजापति, क्षितिज खड्का, प्रदित कुमार रेग्मी, नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिना रहेका छन् । कम्पनीको जेठ ३ गते बिहीबार संचालकहरुको निर्वाचन सम्पन्न भएको थियो ।