सानिमा बैंकको लेखापरीक्षण समिति पुनर्गठन, संयोजकमा पोखरेल

काठमाडौं । सानिमा बैंकले लेखापरीक्षण समिति पुनर्गठन गरेको छ । शनिबार बसेको बैंक संचालक समितिको बैठकले लेखापरीक्षण समितिको संयोजकमा रमेश कुमार पोखरेललाई चयन गरेको छ ।
यस्तै, सदस्यमा संचालक आशुतोष उपाध्याय र सदस्य सचिवमा आन्तरिक लेखापरीक्षण विभागका प्रमुखलाई चयन गरेको हो ।