नबिल बैंकले डाक्यो विशेष साधारण सभा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नबिल बैंकले डाक्यो विशेष साधारण सभा



काठमाडौं । नबिल बैंक लिमिटेड विशेष साधारण सभा बोलाएको छ । बैंकले भदौ १७ गते विशेष साधारण सभा डाकेको हो ।

साउन २७ गते आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले उक्त निर्णय गरेको हो ।

विशेष साधारण सभामा “नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर“ जारी गर्ने एजेन्डा छ । यस्तै, अधिकृत र जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा सेयरधनीबीच छलफल गरी निर्णय विशेष साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्