निफ्राको सिइओ बने अधिकारी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

निफ्राको सिइओ बने अधिकारी



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्ण बहादुर अधिकारी नियुक्ति भएका छन् ।

यसअघिका सिइओ रहेका रामकृष्ण खतिवडाले राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्ति गरिएको हो ।

बैंकको बुधवार बसेको संचालक समितिको बैठकले अधिकारी सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल भदौ २ गतेदेखि लागू हुने छ । उनी यसअघि नेपाल बैंकको पनि प्रमुख कार्यकारी अधिकृत भइसेका छन् ।


प्रतिक्रिया दिनुहोस्