बीमा प्राधिकरणका विज्ञ सदस्य ओलीको बिदाई « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा प्राधिकरणका विज्ञ सदस्य ओलीको बिदाई



काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको बिदाई गरिएको छ ।

उनको दोस्रो पटकको चारवर्षे कार्यकाल आजदेखि सकिएको छ । सोही अवसरमा प्राधिकरणले ओलीको बिदाई तथा सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरेका थिए ।

अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पु¥याउनुभएको योगदान प्रशंसनीय रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्