सेबोन सञ्चालकमा उद्योग वाणिज्य महासंघका महानिर्देशक अवस्थी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सेबोन सञ्चालकमा उद्योग वाणिज्य महासंघका महानिर्देशक अवस्थी



काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थी सिफारिस भएका छन् ।

पूर्वआर्थिक पत्रकार समेत रहेका अवस्थी महासंघको प्रतिनिधित्व गर्दै बोर्ड संचालकमा सिफारिस भएका हुन् । हाल सेबोनमा महासंघको प्रतिनिधित्व उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्दै आएका छन् ।

दुई दशक बढी लामो समय सक्रियता आर्थिक पत्रकारीता गरेका अवस्थी २०७८ चैतमा महासंघको महानिर्देशक बनेका हुन् । उनीसँग सयुक्त राष्ट्र संघमा समेत काम गरेको अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्