आरम्भ चौतारी लघुवित्तका संचालक तिवारीको राजिनामा स्वीकृत, आजैदेखि लागू हुनेगरि ढकाल नियुक्त « Arthapath.com
२२ असार २०८२, आईतबार

आरम्भ चौतारी लघुवित्तका संचालक तिवारीको राजिनामा स्वीकृत, आजैदेखि लागू हुनेगरि ढकाल नियुक्त



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था समितिका सदस्य दिपक तिवारीको राजिनामा स्वीकृत भएको छ ।

आफ्नो घरायसी कारणले संस्थामा समय दिन नसक्ने भन्दै तिवारीले राजिनामा दिएका हुन् । उनको राजिनामा भदौ ५ गते बसेको कम्पनी संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

उनको स्थानमा पुष्पराज ढकाललाई नियुक्ति गरिएको छ । उनको कार्यकाल आज अर्थात् भदौ ६ गतेदेखि लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्