सेन्ट्रल फाइनान्सको सीइओमा दोहोरिए श्रेष्ठ, दोस्रो कार्यकाल असोज ३ गतेदेखि लागू हुने
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रजोज मान श्रेष्ठ दोहोरिएका छन् ।
भदौ २८ गते शनिबार बसेको कम्पनी संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको दोस्रो कार्यकाल असोज ३ गतेदेखि लागू हुनेछ । कार्यकाल ४ वर्षको हुने कम्पनीले जनाएको छ ।