एक्सेल डेभलपमेन्ट बैंकका संचालक शर्माको राजिनामा स्वीकृत

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकका संचालक राजन शर्माले राजिनामा दिएका छन् । संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने शर्माले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिएका छन् ।
उनले असोज ६ गते आइतबार राजिनामा दिएका हुन् । उनको राजिनामा मंगलबार बेलुका ५ बजे बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।