माउनटेन इनर्जी नेपालको सीइओ श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । माउनटेन इनर्जी नेपालको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दामोदर श्रेष्ठले दिएको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीको गत शुक्रबार (असोज ११ गते) बसेको कम्पनी संचालक समितिको बैठकले सीइओ श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनाम आगामी मंसिर १ गतेबाट लागू हुने गरि स्वीकृत भएको कम्पनीले जनाएको छ ।