नेपाल टेलिकमको संचालकमा सह-सचिव शर्मा नियुक्त « Arthapath.com
४ कार्तिक २०८१, आईतवार

नेपाल टेलिकमको संचालकमा सह-सचिव शर्मा नियुक्त



काठमाडौं । नेपाल टेलिकमको संचालक समितिको सदस्य परिवर्तन भएको छ । टेलिकमको संचालक समितिको सदस्यमा धनिराम शर्मा नियुक्ति भएका हुन् ।

नेपाल दुरसञ्चार कम्पनीको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क (संस्थापक समूह ) २ मा भएको व्यवस्था बमोजिम अर्थ मन्त्रालयका सह सचिव कम्पनीको संचालक सदस्य रहने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम शर्मा कम्पनी संचालकमा नियुक्ति भएका हुन् । उनले गत असोज २२ गते गोपनीयता र इमानदारीताको शपथ लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्