साहस उर्जाको नयाँ संचालक समिति गठन, को-को आए ? « Arthapath.com
२१ असार २०८२, शनिबार

साहस उर्जाको नयाँ संचालक समिति गठन, को-को आए ?



काठमाडौं । साहस उर्जा लिमिटेडको संचालक समिति गठन भएको छ । आइतबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले संचालक समिति गठन गरेको हो ।

कम्पनीको संस्थापक समूहतर्फबाट ४ जना संचालक चयन भएका छन् । संस्थापक समूहबाट हिम प्रसाद पाठक, शुसिल थापा, मुक्तिराम पाण्डे, महेन्द्र कुमारी गिरी रहेको छन् ।

यस्तै, समितिमा सर्वसाधारणको तर्फबाट गरिमा अधिकारी (महिला सेयरधनीको प्रतिनिधित्व) र आङ गेलु शर्पा रहेको छन् । यता, स्वतन्त्र संचालकमा भने विभुती ओझा चयन भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्