साहस उर्जाको अध्यक्ष पाठक, संचालकमा को-को चयन ?

काठमाडौं । साहस उर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक चयन भएका छन् । गत आइतबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले गठन गरेको संचालक समितिले पाठकलाई अध्यक्षमा चयन भएका हुन् ।
समितिको जेष्ठ सदस्य मुक्तिराम पाण्डेको अध्यक्षतामा कात्तिक ७ गते बुधवार बसेको संचालकहरुको बैठकले पाठकलाई अध्यक्ष चयन गरेको हो ।
आइतबार कम्पनीको संस्थापक समूहको तर्फबाट पाठकसहित शुसिल थापा, मुक्तिराम पाण्डे, महेन्द्र कुमारी गिरी संचालकमा चयन भएका थिए ।
यस्तै, समितिमा सर्वसाधारणको तर्फबाट गरिमा अधिकारी (महिला सेयरधनीको प्रतिनिधित्व) र आङ गेलु शर्पा रहेको छन् । यता, स्वतन्त्र संचालकमा भने विभुती ओझा चयन भएको कम्पनीले जनाएको छ ।