डेडिकेटेड र ट्रंक लाइन विवादः दुई उद्योगले बुझाए पहिलो किस्ता, प्राधिकरणले जोडिदियो बिजुली

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नबुझाएपछि लाइन काटिएको उद्योगमा पुनः जोडिएको छ ।
बाँकी बक्यौता बापतको पहिलो किस्ता बुझाएपछि बुटवल वितवरण केन्द्र अन्तर्गतका जिबी टेक्टाइल र जिबी टेक्साइल उद्योग विद्युत जडान गरिएको हो । बिहीबार मात्रै प्राधिकरणले तीन दर्जन उद्योगको लाइन काटेको थियो ।
बिहीबार डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न अन्तिम दिन रहेको थियो । तर, साँझसम्म पनि महसुल नुबझाएपछि प्राधिरकणले ३४ वटा उद्योगमा विद्युत काटिदिएको थियो ।
शुक्रबार भने ती दुई उद्योगले पहिलो किस्ता बापतको रकम बुझाएपछि लाइन जोदिएको हो । जिबी टेक्टाइलले पहिलो किस्ता बापत ३५ लाख ३७ हजार रुपैयाँ बुझाएको छ भने जिवी टेक्साइलले १४ लाख १२ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।