गुराँस लघुवित्तको संचालक अधिकारीको राजिनामा स्वीकृत, खतिवडालाई नियुक्ति

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको संचालकमा मदन खतिवडा नियुक्ति भएका छन् । कात्तिक २६ गते सोमबार बिहान बसेको संचालक समितिको बैठकले खतिवडालाई सो पदमा नियुक्ति गरेको हो ।
सोही बैठकले संस्थापक समूह अन्तर्गत संचालक समितिमा प्रतिनिधित्व गर्दै आएका राजु प्रसाद अधिकारीको राजिनामा स्वीकृत गरेको छ ।
अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिएका थिए । उनको ठाउँमा आगामी साधारण सभाबाट अनुमोदन हुने गरि खतिवडालाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।