स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. शर्मालाई

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.सरोज शर्मालाई दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. शर्मालाई बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।
नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।