सेबोनका नवनियुक्त अध्यक्षले आजदेखि सम्हाले कार्यभार « Arthapath.com
२१ असार २०८२, शनिबार

सेबोनका नवनियुक्त अध्यक्षले आजदेखि सम्हाले कार्यभार



काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनले आज अर्थात् मंसिर १२ गतेदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

सेबोनले ११ महिनापछि नेतृत्व पाएको छ । अध्यक्ष श्रेष्ठले मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्