नेपाल बैंकर्स संघमा भित्रिए नयाँ अनुहार

काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको आगामी कार्यकालको लागि अध्यक्षमा कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन भएका छन् । संघमा अध्यक्ष, उपाध्यक्ष र आठजना सदस्य रहने व्यवस्था छ । त्यस्तै, नेपाल एसबीआई बैंकका दीपकुमार डे पनि बिदा हुँदैछन् । भने एक सदस्य खाली थियो । कार्यसमितिमा नयाँ सदस्यको रूपमा नेपाल बैंकका तिलकराज पाण्डे र कुमारी बैंकका रामचन्द्र खनाल भित्रिएका छन् ।
अहिले संघका सदस्य रहेका प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल हिमालयन बैंकका अशोक राणा कायमै रहनेछन् ।
बहालवाला पछिल्लो पूर्व अध्यक्षलाई निवर्तमान अध्यक्षको हैसियतमना अध्यक्षपछिको दोस्रो वरियताक्रममा राख्ने गरिएको छ ।