कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

काठमाडौं । कृषि बिकास बैंकको सञ्चालक समितको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार पोखरेल सञ्चालक सदस्यमा मनोनित भएका हुन् ।
नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत रहेका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य पोखरेललाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा.हरि बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती रहेको थियो ।