बेष्ट फाइनान्सको सीइओ बने घर्ती

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीइओ) मा बालनरसिंह घर्ती नियुक्ति भएका छन् ।
आज अर्थात् फागुन २६ गते बसेको कम्पनी संचालक समितिको बैठकले घर्तीलाई सीइओमा नियुक्त गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।