ग्रीन भेन्चर्सका अध्यक्ष विरेन्द्र कुमार संघईको राजीनामा स्वीकृत

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष विरेन्द्र कुमार संघईले दिएको राजीनामा स्वीकृत भएको छ ।
कम्पनी सञ्चालक समितिको बैशाख १७ गते बसेको २१औं बैठकको निर्णयले अध्यक्ष संघईले दिएको राजीनामा स्वीकृत गरेको हो ।
उनले आफ्ना व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।